पहिलो इतिहास
४ यहुदाका छोराहरू पेरेज,+ हेस्रोन,+ कर्मि, हुर+ र सोबाल+ थिए। २ सोबालका छोरा रायाहबाट याहथ जन्मिए। याहथबाट अहुमै र लाहद जन्मिए। तिनीहरू नै जोराथीहरूका घराना थिए।+ ३ एतामको+ बुबाका* छोराहरू यी थिए: यिज्रेल, इस्मा र इद्बास। (तिनीहरूकी बहिनीको नाम हज्जेलेपोनी थियो।) ४ गेदोरका बुबा पेनुएल र हुसाहका बुबा एजेर थिए। तिनीहरू हुरका+ छोराहरू थिए। हुर एप्राताका पहिलो सन्तान र बेतलेहेमका+ बुबा थिए। ५ तेकोका+ बुबा असहुरका+ दुइटी पत्नी थिए—हेलह र नाराह। ६ नाराहले असहुरबाट अहुज्जाम, हेपेर, तेमनि र हाहसतारिलाई जन्माइन्। यिनीहरू नै नाराहका छोराहरू थिए। ७ हेलहका छोराहरू जेरेथ, इजहार र एतनान थिए। ८ कोजबाट आनुब र सोबेबा जन्मिए। कोज हारुमका छोरा आहारेलको घरानाका पुर्खा पनि थिए।
९ याबेजले आफ्ना दाजुभाइले भन्दा धेरै सम्मान पाए। तिनकी आमाले यसो भन्दै तिनको नाम याबेज* राखेकी थिइन्: “मैले निकै पीडा सहेर उसलाई जन्माएँ।” १० याबेजले इस्राएलका परमेश्वरलाई यस्तो बिन्ती गरे: “हे परमेश्वर! मलाई आशिष् दिनुहोस्। मलाई ठूलो इलाका दिनुहोस्। तपाईँको हात ममाथि रहोस्; मलाई विपत्तिबाट जोगाउनुहोस्। मलाई कुनै कुराले हानि पुऱ्याउन नपाओस्।” त्यसैले परमेश्वरले तिनले भनेझैँ गरिदिनुभयो।
११ सुहाका भाइ केलुबबाट महिर जन्मिए। महिर एस्तोनका बुबा थिए। १२ एस्तोनबाट बथ-रापा, पासेह र तहिन्नाह जन्मिए। तहिन्नाह इर-नाहासका बुबा थिए। यिनीहरू रेकाहका बासिन्दा थिए। १३ केनजका छोराहरू ओथ्निएल+ र सिरायाह थिए। ओथ्निएलका छोरा हाथाथ थिए। १४ मनोथैबाट ओप्रा जन्मिए। सिरायाहबाट योआब जन्मिए। योआब गे-हर्सिमका* बासिन्दाका पुर्खा थिए। त्यस ठाउँको नाम गे-हर्सिम राखिएको थियो किनकि त्यहाँका मानिसहरू शिल्पकार थिए।
१५ यपुन्नेका छोरा कालेबका+ छोराहरू यी थिए: इरु, एलाह र नाआम। एलाहका छोरा केनज थिए। १६ यहले-लेलका छोराहरू जिफ, जिपाह, तिरिया र आसरेल थिए। १७ एज्राहका छोराहरू यथेर, मरेद, एपेर र यालोन थिए। उनी* गर्भवती भइन् अनि मरियम, साम्मै र इस्बाहलाई जन्माइन्। इस्बाह एस्तेमोआका बुबा थिए। १८ (तिनकी यहुदी पत्नीले गेदोरका बुबा यरेद, सोकोका बुबा हेबेर र जानोहका बुबा यकुथिएललाई जन्माइन्।) यिनीहरू फारोकी* छोरी बिथियाहका छोराहरू थिए। बिथियाहलाई मरेदले विवाह गरेका थिए।
१९ होदियाहकी पत्नीका छोराहरू गारेमी केइलाहका र माकाथी एस्तेमोआका बुबाहरू थिए। उनी नहमकी बहिनी थिइन्। २० सिमोनका छोराहरू अम्नोन, रिन्नाह, बेन-हानान र तिलोन थिए। इसिका छोराहरू जोहेथ र बेन-जोहेथ थिए।
२१ यहुदाका छोरा सेलहका+ सन्तान यी थिए: लेकाका बुबा एर, मारेसाहका बुबा लादाह, मलमल कपडा बनाउने अस्बेयाको घराना, २२ योकिम, कोजेबाका मानिसहरू, योआस, साराप, जसले मोआबी स्त्रीहरूसित विवाह गरेका थिए र यासुबि-लेहेम। यो पुरातन समयको विवरण हो। २३ तिनीहरू नै नेतैम र गेदेराहका कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसोबास गर्थे र राजाको निम्ति काम गर्थे।
२४ सिमियोनका छोराहरू+ नमुएल, यामिन, यारिब, जेरह र सावल थिए।+ २५ सावलका छोरा साल्लुम थिए। साल्लुमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिस्मा थिए। २६ मिस्माका सन्तान यी थिए: तिनका छोरा हाम्मुएल, हाम्मुएलका छोरा जक्कुर र जक्कुरका छोरा सिमि। २७ सिमिका १६ जना छोरा र ६ जना छोरी थिए। तर तिनका दाजुभाइका छोराछोरी भने धेरै थिएनन्। यहुदाको वंशको मानिसहरूका जति धेरै छोराछोरी थिए, त्यति धेरै छोराछोरी तिनीहरूको कुनै परिवारमा थिएन।+ २८ तिनीहरू बेर्सेबा,+ मोलादाह,+ हजर-सुआल,+ २९ बिल्हा, एजेम,+ तोलाद, ३० बतुएल,+ होर्माह,+ जिक्लग,+ ३१ बेथ-मर्काबोथ, हजर-सुसिम,+ बेथ-बिरी र सारैममा बसोबास गर्थे। दाउदको शासनकालसम्म यी सहरहरू तिनीहरूकै अधिकारमा थिए।
३२ साथै तिनीहरू यी पाँच सहर—एताम, ऐइन, रिम्मोन, तोकेन र असानमा+ बसोबास गर्थे। ३३ यी सहरहरूवरिपरि तिनीहरूका बस्ती पनि थिए र ती बाआलसम्मै फैलिएका थिए। तिनीहरूको वंशावली र तिनीहरू बसोबास गरेका ठाउँहरूको नाम यी नै हुन्। ३४ सिमियोनका अरू सन्तान यी थिए: मेसोबाब, याम्लेक, अमस्याहका छोरा योसाह, ३५ योएल, येहु, जो योसिब्याहका छोरा, सिरायाहका नाति र असिएलका पनाति थिए, ३६ एलियोनै, याकोबाह, यसोहयाह, असयाह, अदिएल, यसिमिएल, बेनायाह ३७ र जिजा, जो सिपिका छोरा थिए। (सिपि अल्लोनका छोरा थिए; अल्लोन यदायाहका छोरा थिए; यदायाह सिम्रिका छोरा थिए र सिम्रि सेमायाहका छोरा थिए।) ३८ तिनीहरू सबै आ-आफ्नो घरानाका नाइके थिए। तिनीहरूको पुर्खाको घराना झन्झन् ठूलो हुँदै गयो। ३९ तिनीहरू आफ्नो बगालको निम्ति चरन खोज्दै बेँसीको पूर्वपट्टि, गेदोरको मूलढोकासम्मै पुगे। ४० आखिरमा तिनीहरूले हराभरा र असल चरनहरू भएको ठाउँ भेट्टाए। त्यो ठाउँ ठूलो, शान्त र सुरक्षित थियो। पहिले त्यहाँ हामका सन्तान+ बसोबास गर्थे। ४१ यी मानिसहरू, जसको नामको सूची दिइएको छ, यिनीहरू यहुदाका राजा हिजकियाहको+ शासनकालमा त्यहाँ गए अनि त्यहाँ बसोबास गरिरहेका हामका सन्तान र म्युनीहरूका पालहरू नष्ट गरिदिए; आजसम्मै उनीहरूको नामोनिसान भेटिँदैन। त्यसपछि तिनीहरू उनीहरूको ठाउँमा बसोबास गर्न थाले किनकि तिनीहरूको बगालको निम्ति त्यहाँ चरनहरू थिए।
४२ इसिका छोराहरू पलात्याह, नरियाह, रफायाह र उज्जिएलको नेतृत्वमा ५०० जना सिमियोनीहरू सेइर डाँडामा+ गए। ४३ अनि तिनीहरूले उम्कन सफल भएका अमालेकीहरूलाई मारे।+ त्यसपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। तिनीहरू आजसम्मै त्यहीँ बसोबास गर्छन्।