प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es23 पृ. २६-३६
  • मार्च

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२३
  • बुधबार, मार्च १
  • बिहीबार, मार्च २
  • शुक्रबार, मार्च ३
  • शनिबार, मार्च ४
  • आइतबार, मार्च ५
  • सोमबार, मार्च ६
  • मङ्‌गलबार, मार्च ७
  • बुधबार, मार्च ८
  • बिहीबार, मार्च ९
  • शुक्रबार, मार्च १०
  • शनिबार, मार्च ११
  • आइतबार, मार्च १२
  • सोमबार, मार्च १३
  • मङ्‌गलबार, मार्च १४
  • बुधबार, मार्च १५
  • बिहीबार, मार्च १६
  • शुक्रबार, मार्च १७
  • शनिबार, मार्च १८
  • आइतबार, मार्च १९
  • सोमबार, मार्च २०
  • मङ्‌गलबार, मार्च २१
  • बुधबार, मार्च २२
  • बिहीबार, मार्च २३
  • शुक्रबार, मार्च २४
  • शनिबार, मार्च २५
  • आइतबार, मार्च २६
  • सोमबार, मार्च २७
  • मङ्‌गलबार, मार्च २८
  • बुधबार, मार्च २९
  • बिहीबार, मार्च ३०
  • शुक्रबार, मार्च ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२३
es23 पृ. २६-३६

मार्च

बुधबार, मार्च १

तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाई नै गऱ्‍यौ। —मत्ति २५:४०.

मत्ति २५:३१-३६ को उदाहरणमा प्रयोग गरिएको “भेडा”-ले अन्तको समयमा बाँचिरहेका धर्मी व्यक्‍तिहरूलाई बुझाउँछ, जसले यसै पृथ्वीमा जीवन बिताउने आशा राखेका छन्‌। तिनीहरूलाई बाइबलमा अरू भेडा पनि भनिएको छ। तिनीहरूले यस पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त भाइहरूलाई संसारभरि सुसमाचार सुनाउने र चेला बनाउने काम पूरा गर्न वफादार भई साथ दिन्छन्‌। (मत्ति २४:१४; २८:१९, २०) हरेक वर्ष स्मरणार्थअघिका हप्ताहरूमा ठूलो भीड मानिसहरूलाई स्मरणार्थको निम्तो दिने विश्‍वव्यापी अभियानमा पूरापूर भाग लिन्छन्‌। यसरी तिनीहरूले ख्रिष्टका भाइहरूलाई साथ दिएको देखाउँछन्‌। अरू भेडाले स्मरणार्थको लागि आवश्‍यक प्रबन्ध मिलाउँछन्‌। यसरी ख्रिष्टका भाइहरूलाई साथ दिन पाउँदा अरू भेडा रमाउँछन्‌। तिनीहरूले अभिषिक्‍त भाइहरूको लागि जे-जति गर्छन्‌, त्यो येसुले आफैलाई गरेको ठान्‍नुहुन्छ भनेर अरू भेडालाई थाह छ।—मत्ति २५:३७-४०. w२२.०१ पृ. २२ अनु. ११-१२

बिहीबार, मार्च २

जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।—युह. १४:९.

पृथ्वीमा छँदा येसुले असल गुणहरू देखाउनुभयो र मानिसहरूसित राम्रो व्यवहार गर्नुभयो। जस्तै: उहाँ कुष्ठरोगीप्रति टिठाउनुभयो, गम्भीर रोगले सताएको स्त्रीप्रति समानुभूति देखाउनुभयो र शोकमा परेकाहरूप्रति अनुकम्पा देखाउनुभयो। हामीले येसुका यस्ता गुणहरू अनुकरण गऱ्‍यौँ भने यहोवाको पनि अनुकरण गरिरहेका हुन्छौँ। (मर्कु. १:४०, ४१; ५:२५-३४; युह. ११:३३-३५) अनि हामी जति धेरै यहोवाको अनुकरण गर्छौँ, उहाँसित त्यति नै नजिक हुनेछौँ। येसुको पाइला पछ्याउँदा यस दुष्ट संसारले हामीलाई अलमल्याउन सक्नेछैन। पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येसुले यसो भन्‍न सक्नुभयो: “मैले यस संसारलाई जितेको छु।” (युह. १६:३३) येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँले आफूलाई यस संसारका मानिसहरूको सोचाइ, लक्ष्य र व्यवहारको प्रभावमा पर्न दिनुभएन। आफूलाई यस पृथ्वीमा पठाइनुको कारण यहोवाको नाम पवित्र पार्नु हो भनेर येसुले कहिल्यै बिर्सनुभएन। हामी नि? यस संसारमा हामीलाई अलमल्याउने थुप्रै कुरा छन्‌। तर येसुजस्तै यहोवाको इच्छाअनुसार चलिरह्‍यौँ भने हामीले पनि यस संसारमाथि “विजय हासिल” गर्नेछौँ।—१ युह. ५:५. w२१.०४ पृ. ३-४ अनु. ७-८

शुक्रबार, मार्च ३

कुनै सृष्टिले . . . परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न [सक्दैन]। —रोमी ८:३९.

येसुको यो प्रतिज्ञा प्रेषित पावललाई राम्ररी थाह थियो: “[ममाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युह. ३:१६; रोमी ६:२३) फिरौतीको बलिदानमा विश्‍वास गर्नेमध्ये एक जना पावल पनि थिए। कसैले गम्भीर पाप गरे पनि पश्‍चात्ताप गऱ्‍यो भने यहोवा उसलाई क्षमा दिन तयार हुनुहुन्छ भन्‍ने कुरा पावलले राम्ररी बुझेका थिए। (भज. ८६:५) परमेश्‍वरले ख्रिष्टमार्फत व्यक्‍त गर्नुभएको प्रेममा शक्‍ति छ भन्‍ने कुरामा पनि पावल विश्‍वास गर्थे। गलाती २:२० पदको अन्तमा भएका आश्‍वासनदायी शब्दहरू विचार गर्नुहोस्‌। पावलले यसो भने: ‘परमेश्‍वरको छोराले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ पावलले विगतमा थुप्रै गलत काम गरेका थिए। तर तिनले यस्तो सोचेनन्‌, ‘यहोवा अरू भाइबहिनीलाई पक्कै माया गर्नुहुन्छ तर मचाहिँ उहाँको माया पाउन लायकको छैनँ।’ पावलले रोमका ख्रिष्टियनहरूलाई यो कुरा सम्झाए: “हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो” (रोमी ५:८) परमेश्‍वरको प्रेमको कुनै सीमा छैन! परमेश्‍वरको प्रेममा शक्‍ति छ भन्‍ने कुरामा पावललाई रतीभर शङ्‌का थिएन। यहोवाले इस्राएल राष्ट्रसित धीरजी भई व्यवहार गर्नुभएको कुरा तिनलाई थाह थियो। w२१.०४ पृ. २२ अनु. ८-१०

शनिबार, मार्च ४

किनकि परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो। —१ युह. ५:३.

बाइबल अध्ययन सञ्चालन गर्दा विद्यार्थीलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत गर्नुहोस्‌। कसरी? यहोवाका गुणहरूतर्फ विद्यार्थीको ध्यान खिच्ने मौकाहरू खोज्नुहोस्‌। यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ र उहाँ आफूलाई प्रेम गर्नेहरूलाई मदत गर्नुहुन्छ भन्‍ने कुरा विद्यार्थीलाई बुझाउनुहोस्‌। (१ तिमो. १:११; हिब्रू ११:६) आफूले सिकेको कुरा लागू गर्दा तिनकै फाइदा हुन्छ र त्यस्ता फाइदाहरू यहोवा तिनलाई माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो भनेर विद्यार्थीलाई बुझाउनुहोस्‌। (यसै. ४८:१७, १८) यहोवाप्रति विद्यार्थीको प्रेम बढ्‌दै जाँदा तिनी आवश्‍यक छाँटकाँट गर्न उत्प्रेरित हुनेछन्‌। बप्तिस्मासम्म प्रगति गर्न बाइबल विद्यार्थीले केही त्यागहरू गर्नुपर्ने हुन्छ। केही विद्यार्थीहरूले भौतिक कुराहरू त्याग्नुपर्ने हुन सक्छ। थुप्रैले यहोवालाई प्रेम नगर्ने व्यक्‍तिहरूसित सङ्‌गत गर्न छोड्‌नुपर्ने हुन सक्छ। कसै-कसैलाई भने यहोवाका साक्षीहरूलाई मन नपराउने परिवारका सदस्यहरूले त्याग्न सक्छन्‌। तर यस्तो त्याग गर्नेहरू पछुताउनुपर्ने छैन, बरु तिनीहरू मायालु आध्यात्मिक परिवारको भाग बन्‍नेछन्‌ भनेर येसुले प्रतिज्ञा गर्नुभयो।—मर्कु. १०:२९, ३०. w२१.०६ पृ. ४ अनु. ८-९

आइतबार, मार्च ५

आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌। —युह. ४:३५.

प्रेषित पावलले चेला बनाउने कामलाई खेतीपातीसँग तुलना गर्दै हाम्रो काम बिउ छर्ने मात्र होइन भनेर बताए। तिनले कोरिन्थीहरूलाई यसरी सम्झाए: “मैले रोपेँ, अपोल्लसले पानी हाले . . . तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्‍वरको खेत [हौ]।” (१ कोरि. ३:६-९) “परमेश्‍वरको खेत”-को कामदारको रूपमा हामी बिउ छर्ने मात्र नभई त्यसमा पानी हाल्छौँ र त्यो बोट कत्तिको बढ्यो भनेर बेलाबेलामा निरीक्षण पनि गर्छौँ। तर त्यस बिउलाई हुर्काउने परमेश्‍वर नै हुनुहुन्छ भनेर हामीलाई थाह छ। मानिसहरूलाई बाइबलको सत्य प्रचार गर्न र सिकाउन पाउनु हाम्रो लागि सम्मानको कुरा हो। यस कामबाट हामीले साँचो आनन्द पाउँछौँ। थिस्सलोनिकामा बस्ने धेरै मानिसहरूलाई चेला बन्‍न मदत गरेका प्रेषित पावलले आफ्नो भावना यसरी व्यक्‍त गरे: “हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र? वास्तवमा तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।”—१ थिस्स. २:१९, २०; प्रेषि. १७:१-४. w२१.०७ पृ. ३ अनु. ५; पृ. ७ अनु. १७

सोमबार, मार्च ६

तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर।—मत्ति १८:१०.

यहोवाले हामी प्रत्येकलाई आफूतर्फ खिच्नुभएको छ। (युह. ६:४४) यसको अर्थ के हो? यहोवाले यस संसारमा भएका करोडौँ मानिसको हृदय जाँच्नुहुँदा तपाईँमा एउटा बहुमूल्य कुरा भेट्टाउनुभयो। हो, तपाईँ निष्कपट हुनुहुन्छ र तपाईँले उहाँलाई राम्ररी चिनेर उहाँलाई प्रेम गर्नुहुनेछ भन्‍ने कुरा उहाँले देख्नुभयो। (१ इति. २८:९) यहोवा तपाईँलाई चिन्‍नुहुन्छ, तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ र तपाईँलाई माया गर्नुहुन्छ। कत्ति आश्‍वासनदायी कुरा! यहोवा तपाईँ र तपाईँका सबै ख्रिष्टियन दाजुभाइ दिदीबहिनीमा गहिरो चासो राख्नुहुन्छ। यो कुरा बुझाउन येसुले यहोवालाई एक जना गोठालोसित तुलना गर्नुभयो। आफ्नो १०० वटा भेडामध्ये एउटा भेडा हरायो भने गोठालोले के गर्छ? ऊ ‘९९ वटालाई डाँडामै छोडेर बाटो बिराउने त्यो एउटा भेडा खोज्न जान्छ।’ गोठालोले त्यो भेडा भेट्टाएपछि त्यसलाई पिट्‌न थाल्दैन बरु ऊ धेरै रमाउँछ। यसबाट हामी के बुझ्न सक्छौँ? यहोवाको लागि आफ्नो प्रत्येक भेडा बहुमूल्य छ। येसुले यसो भन्‍नुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्‍न।”—मत्ति १८:१२-१४. w२१.०६ पृ. २० अनु. १-२

मङ्‌गलबार, मार्च ७

परमेश्‍वरसित नजिक होओ। —याकु. ४:८.

यहोवाले देखाउनुभएको अटल प्रेमबारे मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम गहिरो हुन्छ र उहाँसितको सम्बन्ध अझ बलियो हुन्छ। (रोमी ८:३८, ३९) हामी येसुको उदाहरण अनुकरण गर्न उत्प्रेरित हुन्छौँ। (१ पत्रु. २:२१) स्मरणार्थअघिका दिनहरूमा हामी येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम हप्ता, उहाँको मृत्यु र उहाँ फेरि जीवित हुनुभएको घटनासँग सम्बन्धित बाइबल विवरणहरूमा विशेष ध्यान दिन्छौँ। अनि स्मरणार्थमा दिइने भाषणले येसुले हामीलाई देखाउनुभएको प्रेमबारे सम्झना गराउँछ। (एफि. ५:२; १ युह. ३:१६) येसुको आत्मत्यागी जीवनबारे पढ्‌दा र त्यसमा मनन गर्दा हामी पनि उहाँले ‘जसरी जीवन बिताउनुभएको थियो, त्यसरी नै जीवन बिताइरहन’ उत्प्रेरित हुन्छौँ। (१ युह. २:६) परमेश्‍वरको प्रेम पाउन लायक भइरहने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। (यहु. २०, २१) यहोवाको आज्ञा पालन गर्न, उहाँको नाम पवित्र पार्न र उहाँको हृदयलाई खुसी बनाउन सक्दो प्रयास गरेर हामी उहाँको प्रेम पाउन लायक भइरहन सक्छौँ। (हितो. २७:११; मत्ति ६:९; १ युह. ५:३) स्मरणार्थमा उपस्थित हुँदा हरेक दिन यहोवालाई मनपर्ने तरिकामा जीवन बिताउने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। त्यस्तो जीवनशैलीद्वारा एक अर्थमा हामीले यसो भनिरहेका हुन्छौँ: ‘म सधैँभरि तपाईँको प्रेम पाउन लायक भइरहन चाहन्छु।’ w२२.०१ पृ. २३ अनु. १७-१८; पृ. २५ अनु. १९

बुधबार, मार्च ८

कसको उपासना गर्न चाहन्छौ, आजै रोज। —यहो. २४:१५.

यहोवाले हामीलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। हामी जीवनमा के गर्न चाहन्छौँ, त्यो हामी आफै छनौट गर्न सक्छौँ। हामीले मायालु परमेश्‍वरको सेवा गर्ने छनौट गर्दा उहाँ खुसी हुनुहुन्छ। (भज. ८४:११; हितो. २७:११) हामी थुप्रै क्षेत्रमा स्वतन्त्र इच्छाको सदुपयोग गर्न सक्छौँ। येसुको उदाहरण पछ्याउँदै हामी आफ्नो इच्छालाई भन्दा अरूको इच्छालाई प्राथमिकता दिने छनौट गर्न सक्छौँ। एकचोटि येसु र उहाँका प्रेषितहरू थकित हुनुभएकोले आराम गर्न एकान्त ठाउँमा जाँदै हुनुहुन्थ्यो। तर उहाँहरूले आराम गर्न नपाउँदै एउटा भीडले उहाँहरूलाई भेट्टायो र तिनीहरू येसुको कुरा सुन्‍न चाहन्थे। तर येसुले झर्को मान्‍नुभएन। बरु तिनीहरूलाई देखेर टिठाउनुभयो। त्यसपछि येसुले के गर्नुभयो? “उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।” (मर्कु. ६:३०-३४) अरूलाई मदत गर्न आफ्नो समय र शक्‍ति खर्च गरेर येसुको अनुकरण गर्दा हामीले स्वर्गमा बस्नुहुने बुबाको महिमा गरिरहेका हुन्छौँ।—मत्ति ५:१४-१६. w२१.०८ पृ. ३ अनु. ७-८

बिहीबार, मार्च ९

हरेकले . . . अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ। —गला. ६:४.

यहोवालाई विविधता मन पर्छ। यो कुरा मानिसजातिलगायत उहाँको सृष्टिका अरू कुराहरूमा पनि देखिन्छ। हामी सबै जना भिन्‍न छौँ। त्यसैले यहोवा कहिल्यै पनि तपाईँलाई अरूसित तुलना गर्नुहुन्‍न। उहाँ तपाईँको हृदय अर्थात्‌ भित्री व्यक्‍तित्व जाँच्नुहुन्छ। (१ समु. १६:७) उहाँलाई हाम्रो क्षमता, कमीकमजोरी र पृष्ठभूमि थाह छ। अनि उहाँ तपाईँले गर्न सक्नेभन्दा बढी माग गर्नुहुन्‍न। हामीले यहोवाको अनुकरण गर्दै आफूप्रति उहाँको जस्तै दृष्टिकोण राख्नुपर्छ। त्यसो गर्दा हामीले आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढी वा कम नठानेर “सुझबुझ” चलाउन सक्नेछौँ। (रोमी १२:३) हामी अरूको राम्रो उदाहरणबाट सिक्न सक्छौँ। उदाहरणको लागि, प्रचारकार्यमा प्रभावकारी कुनै भाइ वा बहिनी हामी चिन्छौँ होला। (हिब्रू १३:७) हामी तिनीहरूबाट प्रचारकार्यमा कसरी प्रभावकारी हुने भनेर सिक्न सक्छौँ। (फिलि. ३:१७) तर कसैको राम्रो उदाहरण अनुकरण गर्नु र आफूलाई तिनीसित तुलना गर्नुबीच ठूलो भिन्‍नता छ। w२१.०७ पृ. २० अनु. १-२

शुक्रबार, मार्च १०

आफ्नो आँखा उठाएर आकाशतिर हेर। यी सब कसले बनाएका हुन्‌?—यसै. ४०:२६.

जनावरहरू, बोटबिरुवाहरू र ताराहरू अवलोकन गरेर तपाईँ सृष्टिकर्तामाथिको आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। (भज. १९:१) तपाईँ ती कुराहरूबारे जति धेरै अध्ययन गर्नुहुन्छ, यहोवा नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा त्यति नै विश्‍वस्त हुनुहुनेछ। सृष्टिबारे अध्ययन गर्नुहुँदा त्यसबाट सृष्टिकर्ताबारे के सिक्न सकिन्छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। (रोमी १:२०) उदाहरणको लागि, सूर्यले हाम्रो जीवनको लागि चाहिने प्रकाश र ताप दिनुका साथै हानिकारक विकिरणहरू पनि फ्याँक्छ। त्यस्ता विकिरणहरूबाट हामी मानिसजातिलाई सुरक्षा चाहिन्छ र त्यस्तो सुरक्षा हामीले पाएका पनि छौँ। कसरी? हाम्रो पृथ्वीको वायुमण्डलमा ओजोन ग्याँसको एउटा तह छ, जसले सूर्यबाट निस्कने हानिकारक विकिरणहरूलाई छेक्ने काम गर्छ। हानिकारक विकिरणहरूको मात्रा जति बढ्‌छ, ओजोन तहमा भएको ग्याँसको मात्रा पनि त्यति नै बढ्‌छ। यो कुरा विचार गर्दा यस प्रक्रियाको पछाडि एक जना मायालु र बुद्धिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र? w२१.०८ पृ. १७ अनु. ९-१०

शनिबार, मार्च ११

जसले परमेश्‍वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। —१ युह. ४:२१.

कसैले बप्तिस्मा गरिसकेपछि पनि तिनलाई प्रेम र आदर गरिरहनुपर्छ। (१ युह. ४:२०) यसो गर्नुमा के-के समावेश छ? एउटा कुरा, हामी तिनको मनसायमा शङ्‌का गर्दैनौँ। तिनले कुनै काम किन गरे भनेर बुझ्न नसक्दा तिनले त्यो काम गलत मनसायले वा आफ्नो स्वार्थको लागि गरेका हुन्‌ भनेर हामी सोच्ने गर्दैनौँ। बरु हामी तिनलाई आफूभन्दा श्रेष्ठ ठानेर तिनको आदर गर्छौँ। (रोमी १२:१०; फिलि. २:३) सबै मानिसलाई कृपा र दया देखाउनुहोस्‌। हामी सधैँभरि यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भने हामीले उहाँको वचन बाइबलमा दिइएको कुरा आफ्नो जीवनमा लागू गर्नुपर्छ। उदाहरणको लागि, हामीले सबै मानिसलाई र शत्रुलाई समेत कृपा र दया देखाउनुपर्छ भनेर येसुले सिकाउनुभयो। (लुका ६:३२-३६) तर त्यसो गर्न सायद हामीलाई सधैँ सजिलो हुँदैन। त्यसैले हामीले येसुले जस्तै सोच्न र व्यवहार गर्न सिक्नुपर्छ। यहोवाको आज्ञा पालन गर्न र येसुको अनुकरण गर्न यथासक्दो गरेर हामी सधैँभरि यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भन्‍ने कुरा देखाइरहेका हुन्छौँ। w२१.०८ पृ. ६ अनु. १४-१५

आइतबार, मार्च १२

म आकाशका पानीका बाँधहरू खोलेर तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर। —मला. ३:१०.

यहोवामा भर पर्न सिक्नुहोस्‌। हामीले उहाँमाथि भरोसा गऱ्‍यौँ र उहाँलाई सबैभन्दा उत्तम कुरा दियौँ भने उहाँले हामीमाथि आशिष्‌ बर्साउने प्रतिज्ञा गर्नुभएको छ। बाइबलमा तनमनले यहोवाको सेवा गरेका थुप्रै व्यक्‍तिको उदाहरण पाइन्छ। प्रायजसो अवस्थामा तिनीहरूले कदम चालिसकेपछि मात्रै यहोवाबाट आशिष्‌ पाए। उदाहरणको लागि, अब्राहामले “आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि” आफ्नो घर छोडे र त्यसपछि मात्रै यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। (हिब्रू ११:८) याकुबले स्वर्गदूतसित कुस्ती खेलेपछि मात्रै आशिष्‌ पाए। (उत्प. ३२:२४-३०) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा पुजारीहरूले तेज गतिमा बहिरहेको यर्दन नदीमा पाइला टेकेपछि मात्रै अरूहरूले नदी पार गर्न सके। (यहो. ३:१४-१६) यहोवामाथि भर परेर आफ्नो सेवा विस्तार गरेका आधुनिक समयका साक्षीहरूको उदाहरणबाट पनि तपाईँ लाभ उठाउन सक्नुहुन्छ। w२१.०८ पृ. २८-२९ अनु. १२-१४

सोमबार, मार्च १३

उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध। —उप. ७:१०.

तपाईँ वृद्ध दाइ र दिदीहरूलाई विगतमा सङ्‌गठनको कुनै काम कसरी गरिन्थ्यो भन्‍ने कुरा थाह छ तर नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपर्छ भन्‍ने कुरा पनि तपाईँहरूले स्विकार्नुभएको छ। तपाईँहरूमध्ये कसै-कसैले हालसालै बप्तिस्मा गर्नुभएको छ भने पनि तपाईँले दिन सक्ने कुरा धेरै छन्‌। तपाईँका अनुभवहरू र तपाईँले सिक्नुभएका पाठहरू सुनेर जवानहरूले लाभ उठाउनेछन्‌। यदि तपाईँले आफ्नो अनुभवको भण्डारबाट अरूलाई ‘दिने गर्नुभयो’ भने यहोवाले तपाईँलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ। (लुका ६:३८) यसरी तपाईँ प्रिय वृद्ध भाइबहिनीहरू जवानहरूसित घनिष्ठ हुनुभयो भने तपाईँहरूले एकअर्काबाट मदत र प्रोत्साहन पाउन सक्नुहुन्छ। (रोमी १:१२) तपाईँहरू दुवै जनासँग एकअर्कालाई उपयोगी हुने केही बहुमूल्य कुरा छ। वृद्धहरूसँग जीवनभर बटुलेको अनुभव र बुद्धि छ। जवानहरूसँग जोस र बल छ। जवानहरू र वृद्धहरू मिलेर सेवा गर्दा तिनीहरूले स्वर्गमा बस्नुहुने बुबाको प्रशंसा गरिरहेका हुन्छन्‌ र तिनीहरू मण्डलीको लागि आशिष्‌ साबित हुन्छन्‌। w२१.०९ पृ. ८ अनु. ३; पृ. १२-१३ अनु. १७-१८

मङ्‌गलबार, मार्च १४

हामी भने ख्रिष्ट खम्बामा मारिनुभएको विषयमा प्रचार गर्छौँ, जुन यहुदीहरूका लागि ठक्करको कारण . . . हो।—१ कोरि. १:२३.

येसुलाई यातनाको खम्बामा मृत्युदण्ड दिइएकोले थुप्रै यहुदीले उहाँलाई तिरस्कार गरे। यसरी मारिएकोले तिनीहरूले उहाँलाई अपराधी र पापीको रूपमा हेरे, मसीहको रूपमा होइन। (व्यव. २१:२२, २३) येसुलाई तिरस्कार गर्ने यहुदीहरूले उहाँ निर्दोष हुनुहुन्छ, उहाँमाथि झूटो आरोप लगाइएको छ र उहाँ अन्यायको सिकार हुनुभएको छ भन्‍ने कुरा स्विकार्न चाहेनन्‌। यहुदी न्यायपरिषद्‌का सदस्यहरू येसुको पुर्पक्षको लागि रातारात भेला भए अनि कानुनविपरीत कारबाही अघि बढाए। (लुका २२:५४; युह. १८:२४) येसुमाथि लगाइएको आरोप र उहाँविरुद्ध पेस गरिएका प्रमाणहरूलाई निष्पक्ष भई केलाउनुको साटो न्यायपरिषद्‌ले “उहाँको विरुद्धमा झूटो गवाही दिने मानिस” खोज्न थाले। (मत्ति २६:५९; मर्कु. १४:५५-६४) अनि येसु मृत्युबाट जीवित हुनुभएपछि ती अधर्मी न्यायाधीशहरूले रोमी सिपाहीहरूलाई “चाँदीका टुक्राहरू प्रशस्त मात्रामा दिए” अनि येसुका चेलाहरूले उहाँको लास चोरेर लगेछन्‌ भन्‍ने झूटो हल्ला फैलाउन लगाए।—मत्ति २८:११-१५. w२१.०५ पृ. ११ अनु. १२-१३

बुधबार, मार्च १५

त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ। —मत्ति २४:३६.

यहोवाले चाहनुभयो भने सैतानको यो दुष्ट युगलाई कुनै पनि बेला नाश गर्न सक्नुहुन्छ। तर उहाँको धीरज हाम्रो लागि आशिष्‌ साबित भएको छ। आदम र हव्वाको सबै सन्तान जन्मजातै त्रुटिपूर्ण छन्‌। तैपनि यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। उहाँले सैतानको यस संसारलाई विनाश गर्ने प्रतिज्ञा गर्नुभएको छ। (१ युह. ४:१९) अनि मानिसजातिको सबै समस्या हटाउन उहाँले एउटा निश्‍चित मिति तोक्नुभएको छ। यहोवाको यस्तो प्रेमले के हामीलाई पनि त्यो दिन नआउन्जेल उहाँजस्तै सहनशील हुन उत्प्रेरित गर्दैन र? सहनशीलता देखाउने सन्दर्भमा यहोवाले सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ र येसुले पनि आफ्नो बुबाको सहनशीलताको अनुकरण गर्नुभयो। पृथ्वीमा छँदा उहाँले हाम्रो खातिर दुर्वचन, बेइज्जती र यातनाको खम्बामा मृत्यु सहनुभयो। (हिब्रू १२:२, ३) यहोवाको सहनशीलताको उदाहरणले येसुलाई पक्कै पनि यी सब सहन मदत गऱ्‍यो। यसले हामीलाई पनि सहन मदत गर्छ। w२१.०७ पृ. १२-१३ अनु. १५-१७

बिहीबार, मार्च १६

जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो। —लुका ६:३६.

हामी हरेक दिन हाम्रा स्वर्गका बुबाको कृपा अनुभव गर्छौँ। (भज. १०३:१०-१४) येसुका चेलाहरू त्रुटिपूर्ण थिए। तैपनि उहाँले तिनीहरूलाई कृपा देखाउनुभयो र क्षमा दिनुभयो। हामीले पापको क्षमा पाउन सकोस्‌ भनेर उहाँ आफ्नो जीवन बलिदान गर्न समेत तयार हुनुभयो। (१ युह. २:१, २) हामीले एकअर्कालाई “खुला मनले क्षमा” गऱ्‍यौँ भने हाम्रो आध्यात्मिक परिवारको प्रेमको बन्धन बलियो हुनेछ। (एफि. ४:३२) हो, अरूलाई क्षमा दिन कहिलेकाहीँ गाह्रो हुन सक्छ। त्यसैले क्षमाशील हुन हामीले प्रयास गर्नै पर्छ। एक बहिनीलाई त्यसो गर्न “एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌” भन्‍ने विषयको प्रहरीधरहरा-को लेखले मदत गरेको तिनले महसुस गरिन्‌। तिनी यस्तो लेख्छिन्‌: “अरूलाई क्षमा गर्न इच्छुक हुनु भनेको उनीहरूको गलत आचरणलाई समर्थन गर्नु वा त्यसले पुऱ्‍याएको क्षतिलाई हल्कासित लिनु होइन। क्षमा गर्नु भनेको त्यस्ता गल्तीहरूको कारण मनमा द्वेष नराख्नु अनि आफ्नो शान्ति खलबलिन नदिनु हो भनेर त्यस लेखमा बताइएको थियो।” हाम्रा भाइबहिनीलाई खुला मनले क्षमा गरेर हामी तिनीहरूलाई माया गर्छौँ र हाम्रो मायालु बुबा यहोवाको अनुकरण गर्छौँ भनेर देखाइरहेका हुन्छौँ। w२१.०९ पृ. २३-२४ अनु. १५-१६

शुक्रबार, मार्च १७

[परमेश्‍वरको] उपासना गर्नेहरूले . . . सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ। —युह. ४:२४.

येसुले सत्य अर्थात्‌ परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सत्यलाई प्रेम गर्नुभयो। येसुले सत्यअनुरूपै जीवन बिताउनुभयो र त्यसबारे अरूलाई पनि बताउनुभयो। (युह. १८:३७) येसुका साँचो चेलाहरू पनि सत्यलाई धेरै प्रेम गर्थे। (युह. ४:२३) वास्तवमा प्रेषित पत्रुसले ख्रिष्टियन विश्‍वासलाई “सत्यको मार्ग” भने। (२ पत्रु. २:२) सत्यलाई धेरै प्रेम गर्ने भएकोले प्रथम शताब्दीका ख्रिष्टियनहरूले सत्यमा आधारित नभएका धार्मिक विचारधारा, मानिसहरूको परम्परा र व्यक्‍तिगत धारणालाई तिरस्कार गरे। (कल. २:८) त्यसैगरि आज पनि साँचो ख्रिष्टियनहरूले परमेश्‍वरको वचनमा भएका कुराहरूमा विश्‍वास गरेर र त्यसैको आधारमा जीवन बिताएर ‘सत्यमा हिँडिरहन’ कोसिस गरिरहेका छन्‌। (३ युह. ३, ४) परमेश्‍वरका मानिसहरू आफूसित सत्यबारे सम्पूर्ण ज्ञान भएको दाबी गर्दैनन्‌। कहिलेकाहीँ तिनीहरूले बाइबलको कुनै शिक्षासम्बन्धी बुझाइमा र सङ्‌गठनात्मक निर्देशन दिँदा गल्ती गरेका छन्‌। त्यसबारे सही कुरा बुझेपछि तिनीहरूले आवश्‍यक छाँटकाँट गरेका छन्‌। w२१.१० पृ. २१-२२ अनु. ११-१२

शनिबार, मार्च १८

यहोवालाई भरोसा गर्नेहरू उहाँको अटल प्रेमले घेरिएका हुन्छन्‌। —भज ३२:१०.

पुरातन समयका सहरहरू पर्खालले घेरिएका हुन्थे र त्यसले त्यहाँका बासिन्दाहरूलाई सुरक्षा दिन्थ्यो। त्यसैगरि यहोवाको अटल प्रेमले हाम्रो सत्यनिष्ठाको जाँच हुन सक्ने खतराहरूबाट हामीलाई आध्यात्मिक सुरक्षा दिन्छ। साथै यहोवा उहाँको अटल प्रेमले गर्दा नै हामीलाई आफूतर्फ खिच्नुहुन्छ। (यर्मि. ३१:३) परमेश्‍वरले आफ्ना सेवकहरूलाई दिनुहुने सुरक्षालाई भजनरचयिता दाउदले अर्को कुरासित पनि तुलना गरे। तिनले यस्तो लेखे: “परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ, जसले मलाई अटल प्रेम देखाउनुहुन्छ।” दाउदले यहोवाबारे यसो पनि भने: “उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, मेरो शरणस्थान र मेरो उद्धारक, मेरो ढाल र मेरो परमेश्‍वर, जसमा मैले शरण लिएको छु।” (भज. ५९:१७; १४४:२) दाउदले यहोवाको अटल प्रेमलाई किन शरणस्थान र किल्लासित तुलना गरे? हामी जहाँसुकै भए पनि यहोवाको सेवा गर्न छोडेनौँ भने उहाँसितको अनमोल सम्बन्ध जोगाउन चाहिने सबै कुरा उहाँले दिनुहुनेछ। w२१.११ पृ. ६ अनु. १४-१५

आइतबार, मार्च १९

तपाईँका सबै काममा म मनन गर्नेछु।—भज. ७७:१२.

येसु र उहाँका चेलाहरू समुद्री आँधीमा फसेको बेला उहाँले त्यस मौकालाई चलाएर तिनीहरूले विश्‍वास बलियो बनाउनुपर्ने क्षेत्रबारे बुझ्न मदत गर्नुभयो। (मत्ति ८:२३-२६) आँधीले भीषण रूप लिएपछि पानी डुङ्‌गामाथि उर्लेर आउन थाल्यो। त्यतिबेला येसु सुतिरहनुभएको थियो। त्यसैले चेलाहरूले उहाँलाई उठाए र आफूहरूलाई बचाउन आग्रह गरे। येसुले चेलाहरूलाई सम्झाउँदै यसो भन्‍नुभयो: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!” के तपाईँ जीवनमा “ठूलो आँधी”-को सामना गर्दै हुनुहुन्छ? कुनै प्राकृतिक प्रकोपको चपेटामा परेकोले तपाईँलाई गाह्रो भइरहेको होला। अथवा प्रतीकात्मक आँधी, जस्तै: गम्भीर स्वास्थ्य समस्याले गर्दा तपाईँ निराश हुनुहुन्छ होला अनि के गर्ने कसो गर्ने भनेर बुझ्नै सक्नुभएको छैन होला। तर तनाव हुँदा यहोवामा भरोसा गर्न नछोड्‌नुहोस्‌। बरु उहाँलाई मनैदेखि प्रार्थना गर्नुहोस्‌। विगतमा उहाँले तपाईँलाई कसरी मदत गर्नुभयो, त्यसमा मनन गरेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌। (भज. ७७:११) यसो गर्नुभयो भने यहोवाले तपाईँलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ। w२१.११ पृ. २२ अनु. ७, १०

सोमबार, मार्च २०

तिमीहरूले चोरी नगर्नू। —लेवी १९:११.

कसै-कसैलाई ‘मैले कहिल्यै अरूको सामान अनुमतिविना लिएको छैनँ। त्यसैले मैले यो आज्ञा पालन गरिरहेको छु’ जस्तो लाग्न सक्छ। तर तिनले अरू नै तरिकामा चोरी गरिरहेका हुन सक्छन्‌। उदाहरणको लागि, ग्राहकहरूलाई ठग्न ठीक-ठीक नापतौल वा तराजु प्रयोग नगर्ने व्यापारीले वास्तवमा तिनीहरूबाट चोरी गरिरहेका हुन्छन्‌। लेवी १९:१३ ले चोर्नुलाई व्यापारिक मामिलामा बेइमानी गर्नुसित तुलना गर्दै यसो भन्छ: “तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू।” त्यसैले व्यापारिक कारोबारमा बेइमानी गर्नु भनेको चोर्नुजस्तै हो। आठौँ आज्ञामा लुकेको सिद्धान्त बुझ्न र त्यो लागू गर्न लेवी अध्याय १९ मा दिइएको थप विवरणले हामीलाई मदत गर्छ। बेइमानी र चोरीलाई यहोवा कुन नजरले हेर्नुहुन्छ भनेर मनन गर्दा हामी पनि लाभ उठाउन सक्छौँ। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘लेवी १९:११-१३ विचार गर्दा के मैले आफ्नो जीवनमा, विशेषगरि व्यापारिक कारोबारमा वा काम गर्ने तरिकामा केही छाँटकाँट गर्नुपर्ने छ?’ w२१.१२ पृ. ९-१० अनु. ६-८

मङ्‌गलबार, मार्च २१

यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। —कल. ३:१३.

व्यक्‍तिगत प्रार्थनामा दिनभरि आफूले गरेका गल्तीहरूको लागि यहोवासित क्षमा माग्नुहोस्‌। यदि तपाईँले गम्भीर पाप गर्नुभएको छ भने तपाईँलाई एल्डरहरूको मदत पनि चाहिन्छ। तिनीहरूले तपाईँको कुरा सुन्‍नेछन्‌ र परमेश्‍वरको वचनबाट मायालु सल्लाह दिनेछन्‌। तिनीहरूले येसु ख्रिष्टको बलिदानको आधारमा तपाईँलाई क्षमा गरिदिनुहोस्‌ भनेर यहोवासित प्रार्थना गर्नेछन्‌, जसले गर्दा तपाईँ आध्यात्मिक रूपमा “निको” हुन सक्नुहुनेछ। (याकु. ५:१४-१६) फिरौतीको बलिदानबारे मनन गर्नु पनि मदतकारी हुन्छ। परमेश्‍वरको छोराले यति धेरै दुःख भोगेको कुरा विचार गर्दा तपाईँको मन रुन्छ होला। येसुको बलिदानबारे तपाईँ जति धेरै मनन गर्नुहुन्छ, उहाँ र उहाँको बुबाप्रतिको तपाईँको प्रेम अझ प्रगाढ हुँदै जानेछ। हरेक वर्ष येसुको मृत्युको स्मरणार्थमा उपस्थित भएर अनि त्यसको लागि अरूलाई पनि जोसका साथ निम्तो दिएर हामी फिरौतीको बलिदानप्रति आफ्नो कृतज्ञता अझ बढाउन सक्छौँ। यहोवाले आफ्नो छोराबारे अरूलाई सिकाउने ठूलो सुअवसर हामीलाई दिनुभएको छ। w२१.०४ पृ. १८-१९ अनु. १३-१६

बुधबार, मार्च २२

उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।—मर्कु. ६:३४.

येसु एउटा डाँडामा हुनुहुँदा भीडका भीड मानिसहरू उहाँको कुरा सुन्‍न आए। त्यतिबेला उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गरौँ। उहाँले पूरै रात प्रार्थना गरेर बिताउनुभएको थियो। त्यसैले उहाँ निकै थकित हुनुहुन्थ्यो होला। तर उहाँ गरिब र बिरामी मानिसहरूलाई देखेर टिठाउनुभयो र तिनीहरूलाई निको पार्न थाल्नुभयो। उहाँले तिनीहरूलाई अहिलेसम्मकै सबैभन्दा प्रोत्साहनदायी भाषण पनि दिनुभयो, जसलाई डाँडाको उपदेश भनिन्छ। (लुका ६:१२-२०) येसुले अरूको लागि आफ्नो समय पनि दिनुभयो। आफ्नो मित्र, बप्तिस्मा गराउने युहन्‍नाको हत्या भएको थाह पाएपछि येसुले कस्तो महसुस गर्नुभयो? बाइबल भन्छ: “[युहन्‍नाको मृत्युको खबर] सुनेपछि येसु एकान्तमा बस्न डुङ्‌गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो।” (मत्ति १४:१०-१३) तर भीडका भीड मानिसहरू त्यहाँ पुगिसकेका थिए। (मर्कु. ६:३१-३३) तिनीहरूलाई मदत र सान्त्वना चाहिएको छ भन्‍ने कुरा येसुले देख्नुभयो र तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो।—लुका ९:१०, ११. w२२.०२ पृ. २१ अनु. ४, ६

बिहीबार, मार्च २३

सबै मानिससँग शान्तिपूर्वक [बस]।—रोमी १२:१८.

हामीले कुनै भाइ वा बहिनीको चित्त दुखाएका छौँ भन्‍ने महसुस भयो भने नि? हामीले यहोवालाई व्यग्र प्रार्थना गर्नुपर्छ। त्यसपछि ती भाइ वा बहिनीसित मिलाप गर्ने प्रयासमा सफल हुन सकूँ भनेर उहाँलाई बिन्ती गर्नुपर्छ। हामीले आफ्नो मनसाय पनि केलाउनुपर्छ। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के म आफ्नो गल्ती स्विकार्न, क्षमा माग्न र मिलाप गर्न तयार छु? म ती भाइ वा बहिनीसित मिलाप गर्न अग्रसर भएँ भने यहोवा र येसुले कस्तो महसुस गर्नुहुनेछ?’ यी प्रश्‍नहरूको जवाफले हामीलाई येसुको कुरा सुन्‍न र आफै अग्रसर भएर शान्ति कायम गर्न जुरमुऱ्‍याउँछ। कुनै भाइ वा बहिनीसित मेलमिलाप गर्न चाहन्छौँ भने नम्रता देखाउनुपर्छ। (एफि. ४:२, ३) कुनै भाइ वा बहिनीसित मिलाप गर्न जाँदा हाम्रो लक्ष्य भनेको तिनीसित फेरि राम्रो सम्बन्ध कायम गर्ने हुनुपर्छ। यो कुरा नबिर्सौँ, को सही र को गलत भनेर प्रमाणित गर्नुभन्दा ती भाइ वा बहिनीसित मिलाप गर्नु महत्त्वपूर्ण छ।—१ कोरि. ६:७. w२१.१२ पृ. २६ अनु. १३-१६

शुक्रबार, मार्च २४

[येसु सहरलाई] हेरेर रुनुभयो। —लुका १९:४१.

येसु दुःखी हुनुहुन्थ्यो। किनभने धेरैजसो यहुदीले राज्य सन्देश स्विकार्ने थिएनन्‌। परिणामस्वरूप यरुसलेमको विनाश हुने थियो र विनाशबाट बचेकाहरूलाई बन्दी बनाएर लगिने थियो। (लुका २१:२०-२४) दुःखको कुरा, येसुले जे भन्‍नुभएको थियो, त्यही भयो; धेरैजसो मानिसले उहाँलाई तिरस्कार गरे। तपाईँको इलाकाका मानिसहरूले राज्य सन्देशप्रति साधारणतया कस्तो प्रतिक्रिया देखाउँछन्‌? यदि थोरैले मात्र सकारात्मक प्रतिक्रिया देखाउँछन्‌ भने यस विवरणबाट तपाईँ के सिक्न सक्नुहुन्छ? यहोवा मानिसहरूमा चासो राख्नुहुन्छ। येसु रुनुभएको घटनाबाट यहोवा मानिसहरूको कत्ति ख्याल राख्नुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। “उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) आज हामी राज्यको सन्देश सुनाउने काममा लगनशील भई लागेर छिमेकीहरूलाई प्रेम गरेको देखाउँछौँ।—मत्ति २२:३९. w२२.०१ पृ. १६ अनु. १०-१२

शनिबार, मार्च २५

म तपाईँसँग टाँसिरहन्छु अनि तपाईँको दाहिने हातले मलाई च्याप्प समातिराख्छ। —भज. ६३:८.

यहोवाले आफ्ना मानिसहरूको लागि र तपाईँको लागि के-कस्ता कामहरू गर्नुभएको छ भन्‍ने कुरामा मनन गर्नुभयो भने तपाईँको विश्‍वास अझ बलियो हुनेछ। तर सबैभन्दा ठूलो फाइदा भनेको यहोवाप्रतिको तपाईँको प्रेम अझ बढ्‌नेछ। अरू कुनै पनि गुणले भन्दा प्रेमले तपाईँलाई यहोवाप्रति आज्ञाकारी हुन, उहाँको लागि त्यागहरू गर्न र परीक्षाहरू सहन उत्प्रेरित गर्छ। (मत्ति २२:३७-३९; १ कोरि. १३:४, ७; १ युह. ५:३) यहोवासितको घनिष्ठ र आत्मीय सम्बन्धभन्दा बहुमूल्य कुरा अरू केही पनि छैन। (भज. ६३:१-७) प्रार्थना, अध्ययन र मनन हाम्रो उपासनाको भाग हो भनेर सधैँ मनमा राख्नुहोस्‌। येसुले जस्तै यहोवासित समय बिताउन शान्त ठाउँ खोज्नुहोस्‌। ध्यान भङ्‌ग गर्ने कुराहरूलाई पन्छाउनुहोस्‌। आध्यात्मिक गतिविधिहरूमा भाग लिँदा त्यसमा ध्यान दिन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। अहिले आफ्नो समयको पूर्ण सदुपयोग गर्नुभयो भने यहोवाले तपाईँलाई प्रशस्त इनाम दिनुहुनेछ र नयाँ संसारमा सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुनेछ।—मर्कु. ४:२४. w२२.०१ पृ. ३१ अनु. १८-२०

आइतबार, मार्च २६

जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर।—रोमी १२:९.

हामी जे सोच्छौँ, त्यस्तै काम गर्छौँ। येसुले गलत सोचाइलाई हटाइहाल भन्‍नुभयो किनभने त्यस्तो सोचाइले गर्दा हामी गम्भीर पाप गर्ने हदसम्म पुग्न सक्छौँ। (मत्ति ५:२१, २२, २८, २९) हामी सधैँ यहोवालाई खुसी बनाउन चाहन्छौँ। त्यसैले हाम्रो दिमागमा गलत सोचाइ आयो भने त्यसलाई तुरुन्तै हटाइहाल्नुपर्छ। येसुले भन्‍नुभयो: “हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ।” (मत्ति १५:१८) हाम्रो बोलीले हामी वास्तवमा कस्तो मानिस हौँ भनेर धेरै हदसम्म प्रकट गर्छ। त्यसैले आफैलाई सोध्नुहोस्‌: ‘सत्य बोल्दा हानि बेहोर्नुपर्छ भनेर थाह भए तापनि के म सधैँ सत्य बोल्छु? विवाहित हुँ भने विपरीत लिङ्‌गको व्यक्‍तिसित गलत मनसायले नजिस्किन होसियार हुन्छु? के म कुनै पनि हालतमा फोहोर बोली नबोल्न प्रयास गर्छु? कसैले मेरो चित्त दुखाउँदा पनि के म नरिसाइकन जवाफ दिन्छु?’ यी प्रश्‍नहरूमा मनन गर्नु राम्रो हो। तपाईँले छाडा बोली र झूट बोल्न छोड्‌नुभयो भने पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउन सजिलो हुन्छ। w२२.०३ पृ. ५ अनु. १२-१४

सोमबार, मार्च २७

बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ। —हितो. १३:१०.

अक्सर अरूसित सल्लाह नमाग्ने व्यक्‍तिभन्दा सल्लाह माग्ने व्यक्‍तिले छिटोछिटो आध्यात्मिक प्रगति गर्छ। त्यसैले अरूसित सल्लाह माग्न अग्रसर हुनुहोस्‌। हामी कस्ता विषयहरूमा भाइबहिनीसित सल्लाह माग्न सक्छौँ? केही अवस्था विचार गर्नुहोस्‌: (१) एक जना बहिनी अनुभवी प्रकाशकलाई आफ्नो अध्ययनमा लग्छिन्‌ र कसरी अझ राम्ररी सिकाउन सकिन्छ भनेर तिनीसित सल्लाह माग्छिन्‌। (२) एक जना बहिनी आफ्नो लागि केही लुगा किन्‍न चाहन्छिन्‌। तर त्यो लुगा ठीक छ कि छैन भनेर तिनी एक जना परिपक्व दिदीलाई सोध्छिन्‌। (३) एक जना भाइ पहिलो पटक जनभाषण दिँदै छन्‌। तिनी एक जना अनुभवी वक्‍तालाई आफ्नो भाषण सुनिदिन र कुन-कुन पक्षमा उन्‍नति गर्नुपर्छ भनेर सल्लाह दिन अनुरोध गर्छन्‌। वर्षौँदेखि भाषण दिइरहेका भाइले पनि अनुभवी वक्‍ताहरूसित सल्लाह माग्न सक्छन्‌ र तिनीहरूले दिएको सल्लाह लागू गरेर लाभ उठाउन सक्छन्‌।—हितो. १९:२०. w२२.०२ पृ. १३ अनु. १५-१७

मङ्‌गलबार, मार्च २८

म एक्लो छैनँ तर मलाई पठाउनुहुने बुबा मसँग हुनुहुन्छ। —युह. ८:१६.

यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ। पृथ्वीमा येसुको चुनौतीपूर्ण असाइनमेन्टको दौडान यहोवाले उहाँलाई माया गर्नुभयो र उहाँको ख्याल राख्नुभयो। (युह. ५:२०) उहाँले येसुको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुभयो। साथै उहाँ आफ्नो छोराप्रतिको माया र उहाँसित खुसी भएको कुरा व्यक्‍त गर्नबाट पछि हट्‌नुभएन। (मत्ति ३:१६, १७) स्वर्गका बुबा सधैँ आफ्नो साथमा हुनुहुन्छ भनेर थाह भएकोले येसुले कहिल्यै एक्लो महसुस गर्नुभएन। येसुले जस्तै हामी सबैले यहोवाको माया अनुभव गर्न सकेका छौँ। सोच्नुहोस्‌ त, यहोवाले हामीलाई आफूतर्फ खिच्नुभयो र हामीलाई खुसी बनाउन अनि हाम्रो भावनात्मक आवश्‍यकता पूरा गर्न हामीलाई मायालु र एकताबद्ध आध्यात्मिक परिवार दिनुभयो। (युह. ६:४४) यहोवा नियमित रूपमा हाम्रो लागि आध्यात्मिक भोजनको प्रबन्ध पनि मिलाउनुहुन्छ। साथै उहाँ हामीलाई जीवन धान्‍न चाहिने कुराहरू जुटाउन पनि मदत गर्नुहुन्छ। (मत्ति ६:३१, ३२) यहोवाले हामीलाई प्रेम देखाउनुभएको कुरामा मनन गऱ्‍यौँ भने उहाँप्रतिको हाम्रो प्रेम अझ बढ्‌नेछ। w२१.०९ पृ. २२ अनु. ८-९

बुधबार, मार्च २९

पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ।—कल. ३:९.

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुअघि तपाईँको जीवन कस्तो थियो? हामीमध्ये धेरैलाई त्यसबारे सोच्न पनि मन छैन होला। हाम्रो दृष्टिकोण र व्यक्‍तित्व अनि सही र गलतबारे हाम्रो सोचाइ यस संसारको जस्तै थियो होला। ‘संसारमा हामीसित कुनै आशा थिएन र हामीले परमेश्‍वरलाई चिनेका पनि थिएनौँ।’ (एफि. २:१२) तर बाइबल अध्ययन गर्दै जाँदा तपाईँलाई धेरै माया गर्ने एक जना बुबा स्वर्गमा हुनुहुन्छ भनेर थाह पाउनुभयो। साथै यहोवालाई खुसी पार्न र उहाँको परिवारको भाग बन्‍न आफ्नो सोचाइ, जीवनशैली र मनोवृत्तिमा आमूल परिवर्तन गर्नुपर्छ भनेर सिक्नुभयो। त्यति मात्र होइन, यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताउनुपर्छ भनेर पनि बुझ्नुभयो। (एफि. ५:३-५) हाम्रो सृष्टिकर्ता र बुबा यहोवासित आफ्ना उपासकहरूको लागि स्तर निर्धारण गर्ने अधिकार छ। हामीले बप्तिस्मा गर्नुअघि नै आफ्नो ‘पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काउन’ प्रयास गरेको उहाँ चाहनुहुन्छ। w२२.०३ पृ. २ अनु. १-३

बिहीबार, मार्च ३०

मेरा अरू भेडा छन्‌। —युह. १०:१६.

अरू भेडा स्मरणार्थमा उपस्थित हुन पाउँदा खुसी हुन्छन्‌ र आफ्नो आशाबारे मनन गर्ने मौका पाउँछन्‌। तिनीहरू स्मरणार्थमा दिइने भाषण सुन्‍न उत्कट प्रतीक्षा गर्छन्‌। किनभने त्यस भाषणमा येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सहशासकले हजार वर्षीय शासनको दौडान वफादार मानिसहरूको लागि के-के गर्नुहुनेछ भनेर जोड दिइन्छ। येसु ख्रिष्टको नेतृत्वमा ती सहशासकहरूले पृथ्वीलाई सुन्दर बगैँचा बनाउन र आज्ञाकारी मानिसहरूलाई त्रुटिरहित हुन मदत गर्नेछन्‌। स्मरणार्थमा उपस्थित हुने अरू भेडाका लाखौँ व्यक्‍ति यसैया ३५:५, ६; ६५:२१-२३ र प्रकाश २१:३, ४ जस्ता भविष्यवाणीहरूको पूर्तिबारे कल्पना गर्न पाउँदा रमाउँछन्‌। आफू र आफूले माया गरेका व्यक्‍तिहरू नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्दा भविष्यको लागि तिनीहरूको आशा र सधैँभरि यहोवाको सेवा गर्ने अठोट अझ बलियो हुन्छ।—मत्ति २४:१३; गला. ६:९. w२२.०१ पृ. २१ अनु. ५-७

स्मरणार्थ बाइबल पढाइ: (सूर्यास्तपछिका घटनाहरू: नीसान ९) मत्ति २६:६-१३

शुक्रबार, मार्च ३१

मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो। —मर्कु. १०:४५.

फिरौती भनेको के हो? यसले आदमले गुमाएको कुरा फिर्ता पाउन येसुले तिर्नुभएको मोललाई बुझाउँछ। (१ कोरि. १५:२२) हामीलाई फिरौती किन चाहिन्छ? किनभने व्यवस्थामा उल्लेख गरिएको यहोवाको न्यायको स्तरअनुसार ज्यानको साटो ज्यान दिनुपर्थ्यो। (प्रस्थ. २१:२३, २४) आदमले त्रुटिरहित मानव जीवन गुमाएका थिए। यहोवाको त्यही न्यायको स्तर पूरा गर्न येसुले आफ्नो त्रुटिरहित मानव जीवन बलिदान दिनुभयो। (रोमी ५:१७) यसरी उहाँको फिरौतीको बलिदानमाथि विश्‍वास गर्नेहरू सबैको लागि उहाँ “युगयुगका पिता” हुनुभयो। (यसै. ९:६; रोमी ३:२३, २४) स्वर्गमा बस्नुहुने बुबा र हामीप्रतिको अपार प्रेमले गर्दा नै येसु आफ्नो जीवन बलिदान दिन इच्छुक हुनुभयो। (युह. १४:३१; १५:१३) त्यही प्रेमले उहाँलाई मृत्युसम्मै सत्यनिष्ठ रहन र आफ्नो बुबाको इच्छा पूरा गर्न उत्प्रेरित गऱ्‍यो। यसले गर्दा मानवजाति र पृथ्वीको लागि यहोवाको सुरुको उद्देश्‍य पूरा हुन सम्भव भयो। w२१.०४ पृ. १४ अनु. २-३

स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ९) मत्ति २१:१-११, १४-१७

    नेपाली प्रकाशनहरू (१९९३-२०२३)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने