१७ अनि उहाँले आदमलाई* भन्नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+
२९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।”