प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९९३-२०२३)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषाहरू: Nuer, Pitjantjatjara
  • आज

सोमबार, मार्च २०

तिमीहरूले चोरी नगर्नू। —लेवी १९:११.

कसै-कसैलाई ‘मैले कहिल्यै अरूको सामान अनुमतिविना लिएको छैनँ। त्यसैले मैले यो आज्ञा पालन गरिरहेको छु’ जस्तो लाग्न सक्छ। तर तिनले अरू नै तरिकामा चोरी गरिरहेका हुन सक्छन्‌। उदाहरणको लागि, ग्राहकहरूलाई ठग्न ठीक-ठीक नापतौल वा तराजु प्रयोग नगर्ने व्यापारीले वास्तवमा तिनीहरूबाट चोरी गरिरहेका हुन्छन्‌। लेवी १९:१३ ले चोर्नुलाई व्यापारिक मामिलामा बेइमानी गर्नुसित तुलना गर्दै यसो भन्छ: “तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू।” त्यसैले व्यापारिक कारोबारमा बेइमानी गर्नु भनेको चोर्नुजस्तै हो। आठौँ आज्ञामा लुकेको सिद्धान्त बुझ्न र त्यो लागू गर्न लेवी अध्याय १९ मा दिइएको थप विवरणले हामीलाई मदत गर्छ। बेइमानी र चोरीलाई यहोवा कुन नजरले हेर्नुहुन्छ भनेर मनन गर्दा हामी पनि लाभ उठाउन सक्छौँ। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘लेवी १९:११-१३ विचार गर्दा के मैले आफ्नो जीवनमा, विशेषगरि व्यापारिक कारोबारमा वा काम गर्ने तरिकामा केही छाँटकाँट गर्नुपर्ने छ?’ w२१.१२ पृ. ९-१० अनु. ६-८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२३

मङ्‌गलबार, मार्च २१

यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। —कल. ३:१३.

व्यक्‍तिगत प्रार्थनामा दिनभरि आफूले गरेका गल्तीहरूको लागि यहोवासित क्षमा माग्नुहोस्‌। यदि तपाईँले गम्भीर पाप गर्नुभएको छ भने तपाईँलाई एल्डरहरूको मदत पनि चाहिन्छ। तिनीहरूले तपाईँको कुरा सुन्‍नेछन्‌ र परमेश्‍वरको वचनबाट मायालु सल्लाह दिनेछन्‌। तिनीहरूले येसु ख्रिष्टको बलिदानको आधारमा तपाईँलाई क्षमा गरिदिनुहोस्‌ भनेर यहोवासित प्रार्थना गर्नेछन्‌, जसले गर्दा तपाईँ आध्यात्मिक रूपमा “निको” हुन सक्नुहुनेछ। (याकु. ५:१४-१६) फिरौतीको बलिदानबारे मनन गर्नु पनि मदतकारी हुन्छ। परमेश्‍वरको छोराले यति धेरै दुःख भोगेको कुरा विचार गर्दा तपाईँको मन रुन्छ होला। येसुको बलिदानबारे तपाईँ जति धेरै मनन गर्नुहुन्छ, उहाँ र उहाँको बुबाप्रतिको तपाईँको प्रेम अझ प्रगाढ हुँदै जानेछ। हरेक वर्ष येसुको मृत्युको स्मरणार्थमा उपस्थित भएर अनि त्यसको लागि अरूलाई पनि जोसका साथ निम्तो दिएर हामी फिरौतीको बलिदानप्रति आफ्नो कृतज्ञता अझ बढाउन सक्छौँ। यहोवाले आफ्नो छोराबारे अरूलाई सिकाउने ठूलो सुअवसर हामीलाई दिनुभएको छ। w२१.०४ पृ. १८-१९ अनु. १३-१६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२३

बुधबार, मार्च २२

उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।—मर्कु. ६:३४.

येसु एउटा डाँडामा हुनुहुँदा भीडका भीड मानिसहरू उहाँको कुरा सुन्‍न आए। त्यतिबेला उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गरौँ। उहाँले पूरै रात प्रार्थना गरेर बिताउनुभएको थियो। त्यसैले उहाँ निकै थकित हुनुहुन्थ्यो होला। तर उहाँ गरिब र बिरामी मानिसहरूलाई देखेर टिठाउनुभयो र तिनीहरूलाई निको पार्न थाल्नुभयो। उहाँले तिनीहरूलाई अहिलेसम्मकै सबैभन्दा प्रोत्साहनदायी भाषण पनि दिनुभयो, जसलाई डाँडाको उपदेश भनिन्छ। (लुका ६:१२-२०) येसुले अरूको लागि आफ्नो समय पनि दिनुभयो। आफ्नो मित्र, बप्तिस्मा गराउने युहन्‍नाको हत्या भएको थाह पाएपछि येसुले कस्तो महसुस गर्नुभयो? बाइबल भन्छ: “[युहन्‍नाको मृत्युको खबर] सुनेपछि येसु एकान्तमा बस्न डुङ्‌गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो।” (मत्ति १४:१०-१३) तर भीडका भीड मानिसहरू त्यहाँ पुगिसकेका थिए। (मर्कु. ६:३१-३३) तिनीहरूलाई मदत र सान्त्वना चाहिएको छ भन्‍ने कुरा येसुले देख्नुभयो र तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो।—लुका ९:१०, ११. w२२.०२ पृ. २१ अनु. ४, ६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२३
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने