-
१ युहन्ना ३:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० परमेश्वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम* गरिरहँदैन, ऊ परमेश्वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्वरबाट आएको होइन।+ ११ किनकि तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो कि हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ।+ १२ हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टबाट* आएको थियो र आफ्नो भाइको हत्या गऱ्यो।+ कयिनले किन तिनको हत्या गऱ्यो? किनकि कयिनका कामहरू दुष्ट थिए+ तर उसको भाइका कामहरू भने असल थिए।+
-