-
प्रस्थान ३८:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि तिनले वासस्थानको* वरिपरि चोक बनाए।+ तिनले चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाए। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात थियो।+ १० तिनले पाल ठड्याउन २० वटा खामा र ती खामाहरू घुसाउन २० वटा तामाका चूलघर* बनाए। तिनले खामाका अङ्कुसे र जोडनीहरू* चाँदीका बनाए। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात थियो। त्यसको लागि तिनले तामाका २० वटा खामा र २० वटा चूलघर बनाए; खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाए।
-