-
प्रस्थान १८:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मोसाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएकोले यिथ्रोले आफ्नी छोरीलाई आफूसँगै राखेका थिए। ३ मोसाले दुई जना छोरालाई पनि सिप्पोरासँगै पठाएका थिए।+ तिनले जेठोको नाम गेर्सोम* राखेका थिए+ किनभने तिनले यसो भनेका थिए, “म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।” ४ अनि तिनले कान्छोको नाम एलिएजर* राखेका थिए किनभने तिनले यसो भनेका थिए, “मेरा पुर्खाका परमेश्वर मेरा मदतगार हुनुहुन्छ। उहाँले मलाई फारोको तरबारबाट बचाउनुभयो।”+
-