-
लेवी ६:२-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यदि कसैले छिमेकीले बन्धकी राख्न दिएको वा जिम्मामा सुम्पेको सामान फेरबदल गरेर+ वा छिमेकीलाई लुटेर वा ठगेर यहोवा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छ भने उसले पाप गरेको हुन्छ।+ ३ अथवा कसैको हराएको चिज भेट्टाउँदा त्यसको विषयमा झूट बोल्छ भने उसले पाप गरेको हुन्छ। यीमध्ये कुनै पनि पाप गरेर आफूले त्यस्तो गरेको छैन भनेर झूटो कसम खान्छ भने+ उसले यसो गरोस्: ४ यदि उसले पाप गरेको हो र ऊ दोषी छ भने आफूले चोरेको, लुटेको, ठगेको, आफूलाई राख्न दिइएको वा आफूले भेट्टाएको सामान फिर्ता गरोस्। ५ अथवा उसले झूटो कसम खाएर आफूसित राखेको जुनसुकै चिज फिर्ता गरोस्। उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै+ त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्। ऊ जुन दिन दोषी ठहरिन्छ, त्यही दिन त्यो सबै जसको हो, उसैलाई फर्काओस्।
-