-
लेवी ११:२१-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘पखेटा भएका र झुन्डमा रहने चारखुट्टे किराफट्याङ्ग्रामध्ये तिमीहरूले उफ्रनको लागि लामो खुट्टा भएका किराफट्याङ्ग्रा मात्र खानू। २२ तिमीहरूले यी जीवहरू खान सक्छौ: विभिन्न किसिमका सलह+ र फट्याङ्ग्रा। २३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्याङ्ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्। २४ यी किराफट्याङ्ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्याङ्ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+
-
-
व्यवस्था १४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरूले उग्राउने तर खुर नचिरिएका जनावरहरूचाहिँ नखानू। जस्तै: उँट, जङ्गली खरायो र भीरखरायो। किनभने यिनीहरू उग्राउँछन् तर यिनीहरूको खुर चिरिएका हुँदैनन्। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध हुन्।+
-