१० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+
२१ मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन् किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्ने गर्छन्।”+