११ रेफाई जातिमध्ये बासानका राजा ओग मात्र बाँकी थिए। तिनको अरथी* फलामले* बनेको थियो। त्यो अरथी अझ पनि इम्मोनीहरूको सहर राब्बाहमै छ। मानक नापअनुसार त्यस अरथीको लम्बाइ नौ हात* र चौडाइ चार हात थियो।
६ इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+