१६ तर यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने नजिकैका सहरहरूका एक जनालाई पनि बाँकी नराख्नू, सबैलाई मार्नू।+ १७ यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू।