१५ त्यस दिन बिन्यामिनीहरूको विभिन्न सहरबाट तरबार भिरेका २६ हजार सिपाही जम्मा भए अनि गिबाहका बासिन्दाहरूमध्येबाट ७०० निपुण योद्धा पनि आए। १६ त्यस सेनामा देब्रे हात चल्ने ७०० निपुण योद्धा थिए। तिनीहरू सबै घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।