१६ तब युसुफका सन्तानले भने: “हो, पहाडी इलाकामा हामीलाई ठाउँ पुग्दैन। तर बेँसीका कनानीहरू, जो बेथ-सेन+ र वरपरका गाउँहरूमा अनि यिज्रेल बेँसीमा+ बसोबास गर्छन्, तिनीहरू सबैसित युद्धका रथहरू छन्,+ जसका पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका छन्।”*
१९ यहोवा परमेश्वर यहुदाको कुलसँग हुनुहुन्थ्यो; त्यसैले तिनीहरूले पहाडी इलाकालाई आफ्नो कब्जामा लिए। तर तिनीहरूले बेँसीका बासिन्दाहरूलाई भने खेद्न सकेनन् किनभने उनीहरूसित युद्धका रथहरू थिए, जसका पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+