-
यहोसु १९:४७, ४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ तर दानको कुलले पाएको इलाका तिनीहरूको निम्ति सानो भयो।+ त्यसैले तिनीहरू लेसेममाथि+ आक्रमण गर्न गए। तिनीहरूले त्यसलाई कब्जा गरे र त्यहाँका मानिसहरूलाई तरबारले मारे। त्यसपछि तिनीहरूले लेसेममाथि अधिकार जमाएर त्यहाँ बसोबास गर्न थाले। तिनीहरूले लेसेमको नाम परिवर्तन गरेर दान राखे, जुन तिनीहरूको पुर्खाको नाम थियो।+ ४८ दानको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-
-
१ राजा ४:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।
-
-
१ राजा १२:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्वर यहाँ छन्।”+ २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे।
-