१५ यहोवा परमेश्वरको भवन,+ राजमहल, ‘ढिस्को,’*+ यरुसलेमको पर्खाल अनि हजोर,+ मगिद्दो+ र गेजेर+ सहर बनाउने काममा मजदुरी गर्न राजा सुलेमानले खटाएकाहरूको कामको विवरण यही हो।+
५ साथै तिनले दृढ सङ्कल्पका साथ पर्खालको भत्किएको पूरै भाग फेरि बनाए, त्यसमा धरहराहरू खडा गरे अनि बाहिरपट्टि अर्को एउटा पर्खाल बनाए। तिनले दाउदनगरमा भएको ‘ढिस्को’* मर्मत गरे।+ तिनले थुप्रै हातहतियार र ढालहरू पनि बनाए।