२४ त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन् र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्वर उसलाई माया गर्नुहुन्थ्यो।+
११ त्यसपछि भविष्यवक्ता नातानले+ सुलेमानकी आमा+ बेतसेबालाई+ यसो भने: “हग्गिथको छोरा अदोनियाह+ राजा भयो भनेर हजुरले खबर पाउनुभएको छैन? अनि के हाम्रा महाराज दाउदलाई यसबारे केही अत्तोपत्तो छैन?