प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्‍वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्‍वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो। १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्‍वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्‍त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+

  • १ समुएल १५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर समुएलले साउललाई भने: “म तपाईँसित आउँदिनँ किनकि तपाईँले यहोवा परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गर्नुभयो। त्यसैले यहोवा परमेश्‍वरले पनि तपाईँलाई इन्कार गर्नुभएको छ र तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन।”+

  • १ समुएल १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्‍वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्‍तिलाई दिनुहुनेछ।+

  • २ समुएल ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्‌,+ जो अय्याकी छोरी थिइन्‌। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+

  • १ राजा २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने