१२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+
ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।
मेरो विरुद्धमा उठ्ने मानिस मेरो दुस्मन होइन,
ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।
१३ तर मलाई त्यसो गर्ने तिमी, मजस्तै मानिस हौ,+
मेरो आफ्नै मित्र, जसलाई म राम्ररी चिन्छु।+