-
१ इतिहास २०:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ ७ उसले इस्राएलीहरूको खिसी गरिरह्यो।+ त्यसैले दाउदका दाइ सिमेअका+ छोरा जोनाथनले उसलाई मारे।
८ रेफाई वंशका+ यी पलिस्तियालीहरू गाथमा बस्थे।+ तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।
-