१५ जो सही बाटोमा हिँडिरहन्छ,+
जसले सत्य बोल्छ,+
जसले छलकपट र बेइमानीको नाफा लिन इन्कार गर्छ,
जसले घुस थाप्नदेखि आफ्नो हातलाई रोक्छ,+
जसले अरूको रगत बगाउने योजना सुन्नदेखि आफ्नो कान थुन्छ
अनि जसले खराब कुरा नहेर्न आफ्नो आँखा बन्द गर्छ,
१६ त्यस्तो मानिस उच्च ठाउँमा बस्नेछ,
चट्टानका गढीहरू उसको शरणस्थान हुनेछन्,
उसलाई खानेकुराको कुनै कमी हुनेछैन
अनि उसलाई कहिल्यै पानीको अभाव हुनेछैन।”+