-
२ इतिहास ३:१०-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि तिनले महापवित्र कोठामा करूबको दुई वटा प्रतिमा बनाए र त्यसलाई सुनले मोहोरे।+ ११ दुइटै करूबका+ पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। एउटा करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले चाहिँ अर्को करूबको एउटा पखेटा छोएको थियो। १२ त्यसैगरि अर्को करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको अर्कोपट्टिको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले पहिलो करूबको एउटा पखेटा छोएको थियो। १३ ती करूबहरूको पखेटा फिँजिएको थियो र दुइटै करूबका पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। ती करूबहरू सीधा उभिएका थिए र तिनीहरूको मुहार ठूलो कोठातर्फ* फर्किएको थियो।
-
-
२ इतिहास ५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई माथिबाट ढाकेका थिए।+
-