२० आहाबले एलियालाई भने: “ए मेरो शत्रु! आखिर तिमीले मलाई भेट्टायौ, होइन?”+ एलियाले भने: “हो, मैले तपाईँलाई भेट्टाएँ। परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीले यहोवाको नजरमा जे खराब छ, त्यही गर्ने हठ गऱ्यौ।+
१६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+