-
२ राजा ४:३२-३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ एलिसा घरभित्र आउँदा तिनले आफ्नो खाटमा सुताइराखेको त्यो केटो मरिसकेको भेट्टाए।+ ३३ तब तिनी भित्र गए र ढोका बन्द गरे। कोठाभित्र एलिसा र त्यो केटोबाहेक अरू कोही थिएन। त्यसपछि एलिसाले यहोवा परमेश्वरलाई प्रार्थना गर्न थाले।+ ३४ तिनी खाटमा चढे अनि त्यो केटोमाथि लमतन्न परे। तिनले आफ्नो मुख उसको मुखमा राखे, आफ्नो आँखा उसको आँखामा र आफ्नो हत्केला उसको हत्केलामा राखे। तिनी यसरी नै त्यो केटोमाथि लमतन्न परिरहे र केही बेरपछि उसको शरीर तातो हुँदै आयो।+ ३५ त्यसपछि तिनी घरभित्र यताउता हिँडे र फेरि खाटमा चढेर केटोमाथि लमतन्न परे। त्यो केटोले सात चोटि छिउँ गऱ्यो र आँखा खोल्यो।+
-