-
प्रस्थान ३२:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यसपछि मोसाले छाउनीको प्रवेशद्वारमा उभिएर यसो भने: “यहोवा परमेश्वरको पक्षमा को-को छौ? यता मकहाँ आओ!”+ अनि लेविको कुलका सबै जना तिनी उभिएको ठाउँमा गए। २७ त्यसपछि मोसाले तिनीहरूलाई भने: “इस्राएलका परमेश्वर यहोवाले यसो भन्नुभएको छ, ‘तिमीहरू सबैले आ-आफ्नो तरबार भिर अनि छाउनीको चारैतिर गएर हरेक ढोकाभित्र छिर अनि आफ्नो दाजुभाइ, छिमेकी, मिल्ने साथी कसैलाई बाँकी नराख।’”+
-
-
व्यवस्था १३:६-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन् वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू। ९ बरु उसलाई मार्नू; कुनै पनि हालतमा नछोड्नू।+ उसलाई मार्दा सबैभन्दा पहिला तिम्रै हात उठोस् र पछि अरू सबैले तिमीलाई साथ देऊन्।+
-