३ तब तिनी खम्बाको छेउमा उभिए अनि यहोवा परमेश्वरसित करार बाँधे।+ तिनले त्यस पुस्तकमा लेखिएको करारअनुसार चलेर आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा परमेश्वरको पछि लाग्ने अनि उहाँका आज्ञाहरू, सम्झौटाहरू र विधिविधान मान्ने करार बाँधे। तब सबै मानिस पनि त्यही करारअनुसार चल्न राजी भए।+