-
२ राजा २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वर भन्नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन।
-
-
यर्मिया ५२:१७-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएका सबै तामा बेबिलोन लिएर गए।+ १८ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, कचौराहरू,+ प्यालाहरू+ र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १९ पहरेदारहरूका कप्तानले निखुर सुन र निखुर चाँदीका बाटाहरू,+ सलेदोदानीहरू,* बटुकाहरू, भाँडाहरू, पानसहरू,+ प्यालाहरू र कचौराहरू पनि लगे।+ २० राजा सुलेमानले यहोवा परमेश्वरको भवनको लागि बनाएका दुई वटा खम्बा, ठूलो खड्कुँलो, त्यसलाई थाम्ने १२ वटा साँढे+ र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।
-