-
१ समुएल १६:६-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” ७ तर यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “उसको रूपरङ्ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्वरले मानिसले झैँ हेर्नुहुन्न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”+ ८ त्यसपछि यिसैले अबिनादाबलाई+ बोलाए र उनलाई समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्वरले रोज्नुभएको मानिस ऊ होइन।” ९ त्यसपछि यिसैले साम्माहलाई+ समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्वरले रोज्नुभएको मानिस ऊ पनि होइन।” १० यसरी यिसैले आफ्ना सात जना छोरालाई समुएलको अगाडि ल्याए। तर समुएलले यिसैलाई भने: “यहोवा परमेश्वरले यिनीहरूमध्ये कसैलाई पनि रोज्नुभएको छैन।”
-