५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्न थाल्यो: “अब राजा बन्ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+
११ त्यसपछि भविष्यवक्ता नातानले+ सुलेमानकी आमा+ बेतसेबालाई+ यसो भने: “हग्गिथको छोरा अदोनियाह+ राजा भयो भनेर हजुरले खबर पाउनुभएको छैन? अनि के हाम्रा महाराज दाउदलाई यसबारे केही अत्तोपत्तो छैन?
२४ म जीवित परमेश्वर यहोवाको कसम खान्छु, जसले आफ्नो प्रतिज्ञाअनुसारै मलाई मेरो बुबा दाउदको सिंहासनमा बसाउनुभयो, मेरो राज्यलाई स्थिर पार्नुभयो+ अनि मेरो लागि राजघराना खडा गर्नुभयो।+ म उहाँको नाममा कसम खाएर भन्छु, आज अदोनियाहको ज्यान लिइनेछ।”+