-
लेवी २६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+
-
-
लेवी २६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्।+
-
-
व्यवस्था २८:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिमीहरू अहिले जुन देश अधिकार गर्न जान लागेका छौ, त्यहाँबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म यहोवा परमेश्वरले तिमीहरूमाझ महामारी पठाउनुहुनेछ।+ २२ यहोवा परमेश्वरले तिमीहरूमाझ क्षयरोग, निस्लोट ज्वरो,+ सुन्निने रोग र विषम ज्वरो फैलाउनुहुनेछ। अनि शत्रुहरूले तिमीहरूलाई तरबारले आक्रमण गर्नेछन्,+ लु चलेर तिमीहरूको बालीनाली सखाप हुनेछ र जताततै बोटबिरुवामा ढुसी लाग्नेछ।+ तिमीहरू नाश नभएसम्म यस्ता विपत्तिहरूले तिमीहरूलाई छोड्नेछैन।
-