-
१ राजा १४:२५-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा सिसक+ यरुसलेमलाई आक्रमण गर्न आए।+ २६ तिनले यहोवा परमेश्वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+ २७ त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए। २८ जब-जब यहोवा परमेश्वरको भवनमा राजा आउँथे, तब-तब पहरेदारहरूले ती ढालहरू बोक्थे अनि फेरि त्यसलाई लगेर पहरेदारहरूको चौकीमा राख्थे।
-