-
१ राजा २२:२९-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ ३० इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्।” त्यसैले इस्राएलका राजा आफ्नो भेष बदलेर लडाइँमा गए।+ ३१ अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका ३२ जना कप्तानलाई यस्तो आदेश दिएका थिए:+ “तिमीहरू साना-ठूला कसैसित नलड्नू, इस्राएलका राजासित मात्र लड्नू।” ३२ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले। ३३ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।
-