-
नहेम्याह १०:३८, ३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात् पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्वरको भवनमा ल्याऊन्+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्। ३९ यही कोठाहरूमा इस्राएलीहरूले र लेवीका सन्तानले दान गरेको अन्न, नयाँ मद्य र तेल+ अनि पवित्र स्थानका* भाँडाकुँडा राखिन्छ।+ त्यहाँ परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरू, ढोकेहरू र गायकहरू पनि आउजाउ गर्छन्। हामी हाम्रा परमेश्वरको भवनलाई बेवास्ता गर्नेछैनौँ।”+
-
-
नहेम्याह १२:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए।
-