८त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+
३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+