१९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। २० तिनीहरू सबै एउटै ठाउँमा जान्छन्।+ तिनीहरू माटैबाट आएका हुन्+ र माटैमा फिर्ता जानेछन्।+
१० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।+