३ इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा बनाइदिएका थिए। ४ बुबाले युसुफलाई सबैभन्दा धेरै माया गरेको देखेर उनका दाइहरूले उनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्न समेत चाहँदैनथे।