२४ “कोही पनि दुई मालिकको दास बन्न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ+ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।+
१५ तब उहाँले मानिसहरूलाई भन्नुभयो: “तिमीहरूका आँखा खुला राख र हरप्रकारको लोभबाट आफूलाई जोगाओ+ किनभने मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”+
१० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।+