१४ किनकि बलियो धरहरा रित्तो भएको छ;
धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+
ओफेल+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्।
जङ्गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्,
भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्।
१५ तर त्यसपछि परमेश्वरले आफ्नो शक्ति हामीमाथि खन्याउनुहुनेछ+
अनि उजाड ठाउँ फलफूल बगान हुनेछ
र त्यो बगान हराभरा जङ्गलजस्तै हुनेछ।+