-
व्यवस्था ३०:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष् र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्।+ अनि यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+
-
-
यसैया ६६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्+ र यहोवालाई उपहारस्वरूप दिनेछन्। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्,” यहोवा भन्नुहुन्छ।
-
-
इजकिएल ३६:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ म तिमीहरूलाई जातिजातिको बीचबाट निकालेर ल्याउनेछु र सबै देशबाट जम्मा गरेर तिमीहरूकै देशमा फर्काउनेछु।+
-