-
यसैया ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ किनकि बालक खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई छान्न सक्ने हुनुअघि नै जुन दुई राजादेखि तिमीहरू डराउँछौ, तिनीहरूको देश पूर्ण रूपमा उजाड भइसकेको हुनेछ।+
-
-
यसैया ८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्ता हुन्, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्। अनि तिनले एउटा छोरो जन्माइन्।+ तब यहोवाले मलाई यसो भन्नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+
-