-
यसैया २०:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब यहोवाले यसो भन्नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्गै अनि खाली खुट्टा हिँड्यो, ४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन।
-
-
यर्मिया ४३:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्नेजरलाई* बोलाउनेछु र मैले लुकाएका यी ढुङ्गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्।+ ११ तिनी आउनेछन् र मिश्रलाई आक्रमण गर्नेछन्।+ महामारीको निम्ति छुट्ट्याइएकाहरू महामारीले मारिनेछन्, कैदको निम्ति छुट्ट्याइएकाहरू कैदमा पर्नेछन् र तरबारको निम्ति छुट्ट्याइएकाहरू तरबारले काटिनेछन्।+
-