-
यसैया ८:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध
अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।
तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्।
जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्
र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्।
८ अनि यहुदालाई स्वात्तै बगाएर लैजानेछन्।
-
-
यसैया १०:२८-३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्।
तिनीहरू मिग्रोन भएर आएका छन्।
मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्।
३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!
ए लाइसाह, ध्यान देऊ!
ए अनातोत,+ धुरुधुरु रोऊ!
३१ मदमेनाह भागेको छ।
गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्।
३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।
त्यसले सियोनकी छोरीको* डाँडालाई,
यरुसलेमको डाँडालाई मुड्की ताकेर धम्काउनेछ।
-