-
२ राजा १८:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तब हिल्कियाहका छोरा एलियाकिमका साथै सेब्नाह+ र योआले रबसाकेलाई+ यसो भने: “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा+ कुरा गर्नुहोस्। हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस् किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्।”+ २७ तर रबसाकेले उनीहरूलाई यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।”
-