-
यर्मिया ९:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरू सबै आफ्नो छिमेकीदेखि होसियार बस
अनि आफ्नै दाजुभाइलाई समेत भरोसा नगर।
किनकि तिमीहरूका दाजुभाइ सबै धोकेबाज हुन्+
अनि तिमीहरूका सबै छिमेकीले एकअर्काको निन्दा गर्छन्।+
५ प्रत्येकले आफ्नो छिमेकीसित छल गरिरहेको छ,
सत्य बोल्ने कोही छैन।
तिनीहरूको जिब्रो झूट बोल्न सिपालु भइसकेको छ।+
तिनीहरू खराब काम गर्दागर्दै थकित हुन्छन्।
-
-
मिका ३:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+
तिमीहरू मेरा मानिसहरूको छाला काढ्छौ अनि हड्डीबाट मासु लुछ्छौ।+
३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+
अनि तिनीहरूको छाला काढ्छौ,
खड्कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ
तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+
-