२४ बेबिलोनका राजा नबुकद्नेजरले यहुदाका राजा येकोनिया,+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए।