-
इजकिएल ३:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, तिमीसामु जे छ, त्यो खाऊ। यो मुठा खाऊ र गएर इस्राएलको घरानासँग कुरा गर।”+
२ त्यसैले मैले मुख खोलेँ र उहाँले मलाई त्यो मुठा खान लगाउनुभयो। ३ उहाँले अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, मैले दिएको यो मुठा खाऊ र आफ्नो पेट भर।” तब मैले त्यो मुठा खाएँ; त्यो मेरो मुखमा महजत्तिकै गुलियो भयो।+
-