२ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष् दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष् साबित हुनेछौ।+३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+
१२ यहोवा परमेश्वरले आफ्नो विशाल भण्डार अर्थात् आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+
१३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+