-
२ राजा २३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि तिनले यहुदाका सहरहरूबाट सबै पुजारीलाई बाहिर ल्याए अनि गेबादेखि+ बेर्सेबासम्मका+ अग्ला थानहरू, जहाँ पुजारीहरू माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउने गर्थे, ती सबै ठाउँलाई अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। साथै तिनले सहरका अगुवा यहोसुको घरको ढोकाको छेउमा उपासनाको लागि बनाइएका अग्ला थानहरू पनि भत्काइदिए। ती थानहरू सहरको मूलढोकाबाट छिर्दा बायाँतिर पर्थे। ९ अग्ला थानहरूमा सेवा गर्ने पुजारीहरूलाई यरुसलेममा यहोवा परमेश्वरको वेदीमा सेवा गर्न दिइएन+ तर अन्य पुजारीहरूसँगै* अखमिरा* रोटी खान भने दिइयो।
-
-
नहेम्याह ९:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र हाम्रा पितापुर्खाले तपाईँको व्यवस्था पालन गरेनन्। तपाईँले तिनीहरूलाई जुन आज्ञाहरू दिनुभएको थियो र तिनीहरूलाई होसियार गराउन जे-जति सम्झौटाहरू* दिनुभएको थियो, त्यसमा तिनीहरूले ध्यान दिएनन्।
-
-
इजकिएल ८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा, आँखा उठाएर उत्तरतिर हेर।” अनि मैले आँखा उठाएर उत्तरतिर हेरेँ अनि वेदीको ढोकाको उत्तरतिर परमेश्वरलाई रिस उठाउने त्यो मूर्ति देखेँ।
-