-
यहोसु १४:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+ २ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएझैँ यी इलाकाहरू नौ वटा कुल र अर्को आधा कुललाई+ गोला हालेर बाँडियो।+
-
-
इजकिएल ४७:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “यही देशको जमिन तिमीहरूले आपसमा अर्थात् इस्राएलका १२ कुलमा बाँड्नू। २२ तिमीहरूले यो देश उत्तराधिकारको रूपमा आपसमा र तिमीहरूमाझ रहँदा सन्तान जन्माएका विदेशीहरूलाई पनि बाँड्नू। तिमीहरूले तिनीहरूलाई जन्मजात इस्राएलीझैँ ठान्नू। तिनीहरूले पनि तिमीहरूका कुलहरूसँगै उत्तराधिकारको रूपमा जमिन पाउनेछन्।
-