२१ लेविको कुलका घरानाहरूका नाइकेहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूलाई २ कनान देशको सिलोमा+ भेटेर यसो भने: “हाम्रो लागि सहरहरू र हाम्रा गाईवस्तुको लागि चरनहरू दिनू भनेर यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएको थियो।”+